Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एमाले छाडे सर्वेन्द्र खनालले

एमाले छाडे सर्वेन्द्र खनालले

काठमाडौं : नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै खनालले आफू कुनैपनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्।

‘हजुरहरु मेरो राजनीतिकस्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु,’ उनले फेसबुकमा लेखेका छन्।

नेपाल प्रहरीबाट अवकाश पाएपछि उनी २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए। उनले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए। सर्वेन्द्रले ८ हजार ९११ मत पाएका थिए।पछि तनहुँको उपनिर्वाचनमा पनि खनाल एमालेबाट उम्मेदवार बनेका थिए। त्यहाँ पनि उनी साढे ८ हजार हाराहारीमा मत ल्याउँदै तेस्रो भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट