Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : महामन्त्री थापा

लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : महामन्त्री थापा

पोखरा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

महामन्त्री थापाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन । जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठिक नभएको उनले बताए ।

उनले अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट