Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा भयो : भीम रावल

उहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा भयो : भीम रावल

विराटनगर : नेकपा एमालेलेबाट निष्कासित नेता डा.भीम रावलले उहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा परिणत भएको बताएका छन्।

फुटबल प्रतियोगिताको उद्घाटन गर्न सुनसरी पुगेका नेता रावलले यस्तो बताएका हुन् । उनले एमालेका सबै नेताले अध्यक्ष केपी ओलीको ठट्टा र उखान टुक्का सिकिसकेको टिप्पणी गरे।

आफूले उठाएको सत्यतथ्य कुरा खण्डन गर्न नसकेपछि एमाले नेताहरूले लुरे तर्क गरेको उनले बताए ।

नेता रावलले भने, ‘ओलीको एउटै मूल मन्त्र भनेको बामाले हो। बामाले भनेको बाको मात्र नाम लिने हो । अर्को जसरी हुन्छ पद लेऊ हो ।’

पहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा परिणत भएको उनले बताए । उनले कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट