Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीको ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको छ ।

बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपछि राष्ट्र बैंकले यस्ता मौद्रिक उपायमार्फत तरलता खिच्ने गर्छ । आज बोलकबोल आह्वान गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ ।

उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट