Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सामुहिक लाभ र समग्र चितवनको आर्थिक विकासमा केन्द्रित रही संघको गरिमा उच्च बनाउछु : राजेन्द्र ओली

सामुहिक लाभ र समग्र चितवनको आर्थिक विकासमा केन्द्रित रही संघको गरिमा उच्च बनाउछु : राजेन्द्र ओली

चितवन : सालिन, भद्र, हसिला, जोशिला,मिलनसार र सहयोगी मनका धनि राजेन्द्र ओली चितवनमा लोकप्रिय व्यवसायीको छवि बनाएका युवा व्यवसायी मात्रै होईन् हालको उद्योग वाणिज्य संघ चितवनको द्वितीय उपाध्यक्ष हुन् । संघका विभिन्न पदमा रहेर जस्तो सुकै भूमिका सहज रुपमा निभाउन क्षमता राख्ने ओलीलेयो पटक सचिवालय व्यवस्थापन गर्दै घरबाटै संघका गतिविधि हेर्न मिल्ने डिजिटल एप्स समेत विकास गर्न सफल रहे ।

यिनै ओली फेरि उद्योग वाणिज्य संघ चितवनको अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिदै चुनावस् अभियानमा सक्रिय बनेका छन् । संस्थापन पक्षकै सुमनकुमरा श्रेष्ठको टिमबाट वाणिज्य तर्फको उपाध्यक्षमा उठेका ओलाीलाई भावी अध्यक्षको रुपमा समेत चर्चा सुरु भएको छ ।

सधै व्यवसायिहरुको हकहितमा तल्लिन ओलीले यो पटक आफूले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न उम्मेदवारी दिएको बताएका छन् । “यो क्षेत्रको नेतृत्व गर्नु भनेको समग्र नीजि क्षेत्रको नेतृत्व गरे सरह हो भन्ने विश्वासका साथ मैले उवासंघ चितवनको वाणिज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,” ओलीले भने ।

“सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा मेरो लागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ, उनी अगाडी थप्छन्, तसर्थ उक्त सशक्त फोरम भनेको संस्थापन समुहको नेतृत्व पंक्ति हो भन्ने विश्वासका साथ आफुलाई उभ्याउने प्रयास गरेको छु ।”

ओली तिनै व्यक्ति हुन् जो उवासंघ चितवनको अध्यक्षपछि नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा विमा समितिको आमन्त्रित सदस्य भई काम समेत गर्ने अवसर पाई आफ्नो कार्यकौशल केन्द्रमा समेत स्थापित गर्न सफल देखिएका छन् । प्लास्टिक व्यवसायी संघको पुर्व अध्यक्ष, रोटरी क्लब अफ नारायणगढको पुर्व अध्यक्ष, नेपाल भारत मैत्री संघ जिल्ला शाखा चितवनको उपाध्यक्ष, सुइरो कार्यक्रम नारायणगढका सल्लाहकार, नारायणगढ बस व्यवस्थापन तथा टोल सुधार समितिका सल्लाहकार, मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि। को सल्लाहकार र नारायणी कला मन्दिर, नारायणगढको आजिवन सदस्यका रुपमा आफूलाई सामाजिक क्षेत्रमा समेत त्यतिकै सक्रिय देखाउन उनी माहिर छन् । यस्तै उनी ओली प्लास्टिक, प्लाष्टो टेक नेपाल प्रालि, आशिर्वाद पाईप ईण्डष्ट्रिज प्रालि, निको चिल्ड्रेन्स हस्पिटल प्रालि र प्लाष्टो टेक नेपाल ट्रेडिंग प्रालिको सञ्चालक रहेका छन् ।

संघको पुस २३ गते हुने अधिवेशनमा व्यवसायीको हकहितलाई अगाडि बढाउन र व्यवसायीलाई एकतामा बाध्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थप स्पष्ट पारेका छन् । चितवनमा व्यवसायिक वातावरण बनाउन र जस्तो सुकै परिस्थितिमा पनि व्यवसायीलाई एक ठाउँमा उभ्याउन उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको ओलीको भनाई छ । सामाजिक तथा व्यवसायिक रुपमा संलग्न रहेका ओली दश बर्षदेखि उद्योग वाणिज्य सघंमा रहेर व्यवसायीहरुको हकहितका लागि लड्दै आइरहेका छन्। देशका सम्पूर्ण आफूले उम्मेदवारी दिएको बताउने ओलीले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए ।

सबै सदस्यहरुले पाउने सेवाहरु सूचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले संघले आफूहरु प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको ओलीले बताए । उनले उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले मसंघमा यथास्थानमा उम्मेदवारी दिएको उनको भनाई छ ।

“ दश बर्षदेखि संघको सदस्यदेखि उपाध्यक्ष सम्मका विभिन्न पदमा रहि प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ । जिल्लाका साथीहरुले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो ।” “ यहाँका साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ ओलीले भने।”

पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए । व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाईरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए । “लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै गएको छ,” ओलीले भने, “यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा संघको भूमिकालाई सशक्त बनाउनका झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ ।”

संघ व्यक्तिका लागि नभई व्यक्ति संघका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा संघको नेतृत्वमा बस्नेहरुको व्यक्तिगत लाभका लागि नभई सदस्यहरुको सामुहिक लाभ र समग्र चितवनको आर्थिक विकासमा केन्द्रित रही संघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाई छ । सरकार तथा राजनीतिक दलहरुमा सन्तुलित, निरन्तर र प्रभावकारी सम्बन्ध राख्न सक्रिय भूमिका निर्वाह गर्ने, संघलाई क्षेत्रिय तथा अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न सम्बन्धको विस्तार गर्नुका साथै राष्ट्रिय र अन्तराष्ट्रिय वित्तिय क्षेत्र तथा दातृ निकायहरुसँग कार्यगत सम्बन्ध विस्तार गरि नेतृत्व श्रृङ्खलाको विकासमा आफुले पैरवीको काम गर्ने ओलीले बताए ।

समग्र अर्थतन्त्रलाई चलायमान बनाउन जिल्लामा सञ्चालित उद्योग व्यवसायको ठूलो योगदान रहेको बताउने ओलीले उनीहरुको राय र सुझाव लिएरसंघ अघि बढ्नुपर्नेमा जोड दिन्छन् । यसका लागि अहिलेको कार्यकालमा आफुले धेरै प्रयासहरु गरेको र आगामी दिनमा झनै तिब्र रुपमा लबिङ गर्ने उनले बताए । सवल, सक्षम र समृद्ध उवासंघ चितवनको निर्माण गर्ने प्रतिबद्धता पनि ओलीले जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट