काठमाडौँ : हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको हो । सो भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij