Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

इन्धनको मूल्य यथावत, ३ अर्ब घाटा

इन्धनको मूल्य यथावत, ३ अर्ब घाटा

काठमाडौँ  : भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाब आएपछि साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको छ।

आसन्न चाडपर्व तथा आमउपभोक्ताको हितलाई मध्यनजर गरी खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

इन्धनको स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको निगमले आज सूचना जारी गरी जनाएको छ।

खुद्रा बिक्री मूल्य यथावत् राख्दा निगमलाई हालको स्थितिमा पाक्षिक रूपमा तीन अर्ब २१ करोड ४२ लाख रुपैयाँ घाटा हुने जनाइएको छ ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्दा निगमलाई हालको स्थितिमा ३ अर्ब २१ करोड ४२ लाख घाटा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij