Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

मुग्लिनमा १५ दिने ‘यात्री सहायता कक्ष’ को भव्य उद्घाटन

मुग्लिनमा १५ दिने ‘यात्री सहायता कक्ष’ को भव्य उद्घाटन

चितवन : इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा १५ दिनसम्म सञ्चालन हुने ‘यात्री सहायता कक्ष’ (नागरिक सहायता कक्ष) को औपचारिक उद्घाटन गरिएको छ।  
‘सुरक्षित यात्रा हाम्रो चाहना, सुखद चाडपर्वको शुभकामना’ भन्ने मूल नाराका साथ स्थापना गरिएको उक्त यात्री सहायता कक्षको उद्घाटन इलाका प्रहरी कार्यालय मुग्लिनका कार्यालय प्रमुख डिल्ली बहादुर खड्का ज्यू र इच्छाकामना जेसीजकी अध्यक्ष जेसी रञ्जिता सिलवाल ज्यूले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो।  
इच्छाकामना गाउँपालिकाको मुख्य सहयोग तथा इलाका प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित यस कार्यक्रममा इच्छाकामना वडा नं. ५ मा रहेका विभिन्न संघ–संस्थाहरूको सक्रिय समन्वय र सहकार्य रहेको छ। विशेष गरी चितवन होटल व्यवसायी संघ (इच्छाकामना इकाई), इच्छाकामना उद्योग वाणिज्य संघ,  उद्योग संघ (इच्छाकामना समिति), एपोलो मुग्लिन युथ एसोसिएसन, ट्राफिक प्रहरी कार्यालय मुग्लिन तथा समुदाय-प्रहरी सेवा केन्द्र मुग्लिन लगायतका सम्पूर्ण स्थानीय संघ–संस्थाहरूको हातेमालोमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।  
आउँदा चाडपर्वहरूमा यात्रुहरूलाई यात्राका क्रममा पर्न सक्ने समस्या, ठगी तथा असुविधालाई सम्बोधन गर्न र सुरक्षित आवागमनको प्रत्याभूति दिलाउनका लागि यो सहायता कक्ष आगामी १५ दिनसम्म निरन्तर सेवामा रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट