Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

हेटौंडामा गाडीभित्र भेटियो २१ लाख ४० हजार रकम, दुई जना पक्राउ

हेटौंडामा गाडीभित्र भेटियो २१ लाख ४० हजार रकम, दुई जना पक्राउ

भक्तपुर : हेटौँडामा स्रोत नखुलेको २१ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ परेका छन् ।मकवानपुरको हेटौँडामा नखुलेको २१ लाख ४० हजार रुपैयाँ नगदसहित दुई पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–८ का ३२ वर्षीय विजय खाती र मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का ४० वर्षीय सिंहराम रुम्बा रहेका छन् ।मंगलबार साँझ वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च ०२०९ नम्बरको इसुजु डी–म्याक्स गाडीलाई चेकजाँच गर्नेक्रममा हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलस्थित हेटौँडा–भीमफेदी सडकखण्डबाट सशस्त्र प्रहरीले रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जाँचका क्रममा गाडीभित्र कालो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा एक हजार र पाँच सय रुपैयाँ दरका नोट गरी २१ लाख ४० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । रकमको स्रोत खुल्न नसकेपछि नगदसँगै गाडी र उनीहरुलाई नियन्त्रणमा लिएको हो ।खाती सोही गाडीका चालक हुन् भने रुम्बा सोही गाडीमा सवार थिए । उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट १५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij