भरतपुर : चितवनमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेलाई गत असोज १४ गते बिहान करिब ५ बजे मर्निङवाकमा हिँडिरहेका बेला एक्कासि जंगली गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा असोज १९ गते राति ११ः१२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक घलेको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij