Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

दृर्लभ दृश्य : सौराहाको बस्तीमा एकैसाथ देखिए चार वटा गैँडा !!

दृर्लभ दृश्य : सौराहाको बस्तीमा एकैसाथ देखिए चार वटा गैँडा !!

रत्ननगर : चितवनको पर्यटकीय क्षेत्र सौराहाको बस्तीमा रातको समयमा एकैसाथ चार वटा गैँडा घुमफिर गरिरहेको दृश्य देखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा गैँडाहरू आउने गरे पनि यसरी चार वटा गैँडा एकैपटक बस्ती र सडक क्षेत्रमा भेटिनु दुर्लभ मानिने पर्यटन व्यवसायी गोकर्ण गिरीले बताए । तस्बिरमा रातको समयमा टायल बिछ्याइएको सडक किनार हुँदै गैँडाहरू लामबद्ध भएर हिँडिरहेको स्पष्ट देख्न सकिन्छ। बस्तीमा गैँडा पसेपछि स्थानीयवासी भने सम्भावित जोखिमलाई लिएर केही सचेत र त्र'सित बनेका छन्। निकुञ्ज प्रशासन र स्थानीय सुरक्षाकर्मीले रातको समयमा वन्यजन्तुबाट जोगिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij