Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भन्सार छली ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

भन्सार छली ल्याइएका १२ थान मोबाइलसहित भारतीय नागरिक पक्राउ

रौतहट :  रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालित बोर्डर एक्सन टिम (BAT) र भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाइछिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा १२ थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार 

बरामद मोबाइलको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ। मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा  ४ बस्ने करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चौधरी र बरामद मोबाइललगायतका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट