Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

पर्यटकका लागि खुसीको खबर : २३ असोजदेखि चितवन निकुञ्जमा जिप सफारी

पर्यटकका लागि खुसीको खबर : २३ असोजदेखि चितवन निकुञ्जमा जिप सफारी

चितवन : बर्खाका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द रहेको जिप सफारी यही असोज २३ गते शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पर्यटकीय गतिविधि बढ्ने मुख्य सिजन सुरु हुन लागेसँगै निकुञ्जले जिप सफारी खुलाउने तयारी अघि बढाएको हो।गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरिएको थियो। वर्षायाममा आएको भलबाढीका कारण जंगलभित्रका सडक तथा कच्ची बाटोमा क्षति पुगेका छन्। कतिपय स्थानमा बाटो बिग्रिनुका साथै रुख ढलेर आवागमनमा समेत समस्या भएपछि सफारी बन्द गरिएको थियो।

अहिले निकुञ्ज कार्यालयले सफारी सञ्चालन हुने क्षेत्रमा बाटो मर्मत, भलबाढीले पुर्‍याएको क्षति व्यवस्थापन तथा ढलेका रुख पन्छाउने कामलाई तीव्रता दिएको छ। सफारी सञ्चालनअघि आवश्यक संरचना तथा बाटोको अवस्था परीक्षण गरी पर्यटकका लागि सुरक्षित बनाउने काम भइरहेको निकुञ्जले जनाएको छ।जिप सफारी पुनः सञ्चालनमा आएसँगै चितवनको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी सौराहा क्षेत्रका होटल, सफारी जिप व्यवसायी, गाइड तथा अन्य पर्यटन व्यवसायीले सफारी खुल्ने दिनको प्रतीक्षा गरिरहेका छन्। दशैँतिहारलगायतका चाडपर्वको समय नजिकिँदै गर्दा पर्यटक आगमन बढ्ने र यसले पर्यटन व्यवसायलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij