Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुई किशोरीको डुबेर मृत्यु

देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षिया निशा पटेल र सोही ठाउँकै १४ वर्षिया चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो । जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुबै किशोरीको शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।घटनाबारे जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा दुबै किशोरीलाई खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक राजाबाबु ठाकुरले जानकारी दिए ।

खोजीकै क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरिक्षक ठाकुरले जानकारी दिए ।मृतक दुवै किशोरीको शव परीक्षणका लागी प्रादेशिक अस्पताल कलैयामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट