Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सभापति थापाद्वारा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन

सभापति थापाद्वारा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आइतबार औपचारिक रूपमा उद्घाटन गरेका छन्।सभापति थापाले पार्टीका संस्थापक तथा अग्रज नेताहरूको तस्बिरमा माल्यार्पण गर्दै महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।उद्घाटन समारोहमा सभापति थापाले बिरुवामा जलसेचन समेत गरेका थिए।

कार्यक्रममा कांग्रेसका अग्रज नेताहरूको तस्बिरमा विभिन्न दलका नेताहरूले समेत माल्यार्पण गरेका छन्।महाधिवेशन उद्घाटनसँगै कांग्रेसको आगामी नेतृत्व, नीति तथा संगठनात्मक दिशाबारे छलफल र निर्णयको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट