काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुलामञ्च पुगेका छन् ।कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड आइतबार खुलामञ्च पुगेका हुन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा भइरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij