Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेस महाधिवेशनमा प्रचण्ड-रविसहित विभिन्न दलका नेताले सम्बोधन गर्ने, ओली नजाने

कांग्रेस महाधिवेशनमा प्रचण्ड-रविसहित विभिन्न दलका नेताले सम्बोधन गर्ने, ओली नजाने

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार ओलीको सट्टा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन समारोहमा सहभागी भएर शुभकामना दिने भएका छन्।कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन आजै दिउँसो  केहीबेर अघिदेखि काठमाडौंको खुलामञ्चमा सुरु भइरहेको छ ।उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न दलका नेताले समारोहलाई सम्बोधन गर्नेछन्।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत तथा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ।राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुने निश्चित भएको प्रवक्ता चालिसेले बताएका छन्।कांग्रेसले यसअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई महाधिवेशन उद्घाटन समारोहमा सहभागिताका लागि औपचारिक निमन्त्रणा गरेको थियो। कांग्रेसको टोलीले ओली, प्रचण्ड र लामिछानेलाई उनीहरूकै निवासमा पुगेर निमन्त्रणा दिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट