Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रास्वपाले केन्द्रीय कार्यालय सार्ने, उपत्यकामा जग्गा वा घर खोज्दै

रास्वपाले केन्द्रीय कार्यालय सार्ने, उपत्यकामा जग्गा वा घर खोज्दै

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय अन्यत्र सार्ने तयारी गरेको छ ।शनिबार काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा पार्टी कार्यालयका लागि जग्गा वा घर खरिद गर्ने सम्भाव्यता खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई अनुरोध गरेको हो । 

बैठकले हालको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै नयाँ कार्यालयका लागि उपयुक्त स्थानमा जमिन वा घर खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा जग्गा वा घर खोजी गर्न पार्टीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट