काठमाडौंः महाकाली नदीमा आज रातिदेखि जलस्तर बढ्नसक्ने सम्भावना रहेको छ। धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेको हो।
त्यसैले आज राति १ बजेदेखि ४८ घण्टा महाकाली नदी किनार तथा तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।
‘१७ गते राति १ बजेदेखि १९ गते राति १ बजेसम्म (लगभग ४८ घण्टासम्म) खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारतीय पक्षबाट पत्राचार भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘उक्त ४८ घण्टासम्मको अवधिमा र त्यसपछि समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij