नवलपुर : नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले घटनाको पुष्टि गर्दै मृतकहरूको सनाखत हुन बाँकी रहेको बताए। उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij