काठमाडौँ : जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार भएका एक कैदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।शुक्रबार पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय गणेश श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले बताए ।
सामाखुसीबाट पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएपछि २०८१ माघ १८ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गराइँदै आएको थियो। तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
फरार भएपछि श्रेष्ठ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएको विशेष सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले खोजी गरेको थियो।
पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुन्धारा बुझाइएको सीआईबीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij