चितवन, १६ असोज : मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी पुल क्षेत्रमा माथिबाट ढुंगा खस्दा यातायात एकतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार राति करिब ९:१५ बजे माथिबाट ढुंगा खस्न सुरु भएपछि उक्त खण्डमा सवारी आवागमन आंशिक रूपमा प्रभावित भएको हो। ढुंगा निरन्तर झरिरहेकाले जोखिम बढेको बताइएको छ।
हाल उक्त सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको र यात्रु तथा सवारी चालकलाई रातको समयमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
सडक डिभिजन कार्यालयले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाई सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।