Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुग्लिन–काठमाडौं सडकको विकल्प मार्ग अनुगमन

मुग्लिन–काठमाडौं सडकको विकल्प मार्ग अनुगमन

गोरखा ,१६ असोज । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत पर्ने कृष्णभिरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा खोलिँदै आएको फिस्लिङ–वेनिघाट नयाँ ट्र्याकको स्थलगत अनुगमन गरिएको छ।

आज मिति २०८३ असोज १६ गते गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ लगायत जिल्ला सुरक्षा समितिको टोलीले उक्त क्षेत्रमा पुगेर अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा निर्माण भइरहेको नयाँ ट्र्याकको प्रगति, सडक सञ्चालनको अवस्था तथा यात्रु आवतजावतमा पर्ने असरबारे जानकारी लिइएको थियो। सम्बन्धित निकायले वैकल्पिक मार्गलाई छिटो सञ्चालनमा ल्याई यातायात सहज बनाउन समन्वय भइरहेको जनाएको छ।

कृष्णभिर क्षेत्रमा बारम्बार हुने पहिरोका कारण मुग्लिन–काठमाडौं सडकखण्डमा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। त्यसको दीर्घकालीन समाधानका रूपमा वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट