रुपन्देही : अर्घाखाँचीको सन्धिखर्कमा रक्सीले मातेका एक पुरुषले आफ्नै श्रीमतीमाथि मट्टितेल छर्केर आगो लगाएका छन् ।सन्धिखर्क नगरपालिका–११ रामपोतका ४२ वर्षीय खिमबहादुर मुखियाले शुक्रबार दिउँसो घरमै रहेकी ३६ वर्षीया श्रीमती सुनिता मुखियामाथि आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका बेला खिमबहादुर रक्सीले मातेका थिए ।आगोले जलेर घाइते भएकी सुनिताको अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
उनलाई थप उपचार आवश्यक देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।घटनापछि खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।
उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाइएको र अझै मदिराले नछाडेका कारण घटना के कारणले भएको हो भन्ने विषयमा खुलिनसकेको उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij