Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

करदाता प्रोत्साहन उपहार कार्यक्रम : यी हुन् १ लाख पुरस्कार पाउने १५ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रम : यी हुन् १ लाख पुरस्कार पाउने १५ जना

काठमाडौँ : करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो ।

कार्यक्रम अन्तर्गत पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको १५ दिनको बम्पर उपहार परेको छ । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट