काठमाडौँ : नेपाली कांग्रेसले आगामी महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको छ। शुक्रबार पार्टीका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको औपचारिक उद्घाटनका लागि देउवालाई प्रस्ताव गरिएको जानकारी दिएका छन्।प्रवक्ता चालिसेले निवर्तमान सभापति देउवाको उपस्थितिले महाधिवेशनमा विशेष अर्थ राख्ने बताए। “हामीले पूर्वसभापतिको हैसियतमा महाधिवेशनको उद्घाटन गरिदिनका लागि देउवाजीलाई अनुरोध गरेका छौँ,” प्रवक्ता चालिसेले भने, “उहाँले उद्घाटन गरिदिँदा देशभरबाट भेला भएका हाम्रा हजारौँ साथीहरू उत्साहित हुनुहुनेछ र यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij