Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

देउवा समूहको नगर सभापति बनेको खबर कपोलकल्पित र भ्रामक : हेमन्त पाख्रिन

देउवा समूहको नगर सभापति बनेको खबर कपोलकल्पित र भ्रामक : हेमन्त पाख्रिन

चितवन : नेपाली कांग्रेसका युवा नेता हेमन्त पाख्रिनले आफू नेपाली कांग्रेस रत्ननगरको देउवा समूहको नगर सभापति बनेको भन्ने सार्वजनिक खबरप्रति आपत्ति जनाएका छन्।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर सार्वजनिक भएका समाचारहरू कपोलकल्पित, निराधार र भ्रामक रहेको पाख्रिनले स्पष्ट पारेका छन्। आफू नेपाली कांग्रेसको सिद्धान्त, विचार र निष्ठाप्रति प्रतिबद्ध रहेको बताउँदै उनले कुनै पनि गुट वा समूहमा नरहेको दाबी गरेका छन्।
पाख्रिनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चालन गरेका महाधिवेशन तथा संगठनात्मक अभियानमा आफू सक्रिय रूपमा सहभागी हुँदै आएको बताएका छन्।
आफ्नो राजनीतिक चरित्रमाथि प्रश्न उठाउने र कार्यकर्ता तथा शुभेच्छुकमा भ्रम सिर्जना गर्ने उद्देश्यले गलत सूचना फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले भनेका छन्, “म नेपाली कांग्रेसकै निष्ठावान् सिपाही हुँ। म चारतारे झन्डा, रूख चुनाव चिह्न र युवा गगन थापाको विचार र अभियानको साथमा अटल छु। कसैले फैलाएको भ्रामक समाचारको पछि नपर्न सम्पूर्ण लोकतन्त्रवादी साथीहरू तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछु।”
पाख्रिनले कांग्रेसलाई थप सशक्त, पारदर्शी र युवामैत्री बनाउन आफ्नो सक्रियता निरन्तर रहने बताएका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने अभियानमा आफू सक्रिय रहने उल्लेख गर्दै उनले असोज १८ गतेदेखि सुरु हुने केन्द्रीय महाधिवेशनमा सहभागी हुनसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट