Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्रचण्डको टिप्पणी : ‘सरकार सही दिशातर्फ गइरहेको छैन’

प्रचण्डको टिप्पणी : ‘सरकार सही दिशातर्फ गइरहेको छैन’

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ठिक दिशामा अघि बढ्न नसकेको टिप्पणी गरेका छन्। बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।

उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए। उनले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भए पनि समग्रमा ठिक ढंगले जनहितमा काम गर्न नसकेको आरोप लगाए। उनले दैनिक उपभोग्य वस्तुमा बढ्दो महँगीबारे पार्टीले जनतालाई प्रशिक्षित गरिरहेको बताए। प्रचण्डले भने, ‘समग्रमा हेर्दा सरकार ठिक दिशातिर गइराख्या छैन। महँगी लगायतका समस्याको विषयमा जनतालाई प्रशिक्षित गरेका छौँ। अरू आन्दोलनका कुरा पछि हुन्छन्। विपद्पछिको प्रतिकार्यमा सबैभन्दा बढी सक्रिय नेकपा रह्यो।’ रसुवा बाढीपछिको विपद् प्रतिकार्यमा नेकपा अग्रणी स्थानमा रहेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट