Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एआईआईबीको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

एआईआईबीको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ :  एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं फर्किएका हुन् । बैठकमा नेपाललाई सन् २०२६–२७ का लागि एआईआईबीको उप–सभापतिमा निर्वाचित गरिएको छ ।बैठकमा वाग्लेले नेपालजस्ता मुलुकको आवश्यकताअनुसार बैंकको लगानीलाई सहुलियतपूर्ण बनाउनुपर्ने तथा सडक, विद्युत्, सञ्चार र सूचना प्रविधिलगायत पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij