काठमाडौं :
गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठजना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ।
असोज १२ गते सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)हरूको हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।
शान्ति सुरक्षा, प्रशासनिक चुस्तता र नियमित कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले उनीहरूको सरुवा गरेको हो। निर्णय सार्वजनिक भएसँगै सम्बन्धित अधिकारीहरूलाई तोकिएको जिल्लामा खटिन निर्देशन दिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij