Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तमू प्ये ल्हु संघ चितवनद्धारा दुई पत्रकार सम्मानित

तमू प्ये ल्हु संघ चितवनद्धारा दुई पत्रकार सम्मानित

चितवन । तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा इच्छाकामना न्युजका कार्यकारी निर्देशक चित्र सोल्टी न्हान्सी गुरुङ र तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका नवनिर्वाचित अध्यक्ष तथा इच्छाकामना एफएमका समाचार प्रमुख हिरालाल गुरुङलाई बधाई, शुभकामना तथा सम्मान गरेको छ।

तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा दुवै पत्रकारलाई गुरुङ समुदायको मौलिक संस्कारअनुसार फेटा लगाउनुका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित चित्र सोल्टी न्हान्सी गुरुङ र तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हिरालाल गुरुङलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो।

सञ्चार क्षेत्रमार्फत गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका दुवै सञ्चारकर्मीलाई समुदायको संस्थाले सम्मान गरेको हो।

सम्मानपछि बोल्दै तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी न्हान्सी गुरुङले नयाँ जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले संघलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै सञ्चारकर्मीहरूको हकहितसँगै गुरुङ समुदायका विषयलाई सञ्चारमाध्यममार्फत थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। विगतमा भएका कामलाई निरन्तरता दिँदै संघलाई अझ प्रभावकारी बनाउने आफ्नो प्रयास रहने उनको भनाइ थियो।

यस्तै, तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका अध्यक्ष हिरालाल गुरुङले तमू (गुरुङ) सञ्चारकर्मीहरूको हक, हित र अधिकारका विषयमा सशक्त रूपमा आवाज उठाउने बताए। उनले सञ्चारकर्मीहरूबीच एकता र सहकार्यलाई प्राथमिकता दिँदै गुरुङ समुदायका भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानका विषयलाई सञ्चारमाध्यममार्फत थप प्रभावकारी रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे।

तमू समुदायका आवाजलाई राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट