Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अध्यक्ष र कर्मचारीमाथि भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

अध्यक्ष र कर्मचारीमाथि भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ : प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्षलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो।


छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा आज दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासङ्घ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने भन्दै काउन्सिलले पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ। साथै संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहार गर्न पनि काउन्सिलले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट