काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका थिए ।भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे यस्तो भनेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यबारे पनि छलफल भएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना समेत दिए ।भेटमा राजदूत श्रीवास्तवले पनि आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना अघि बढ्नुका साथै सम्पन्न भएको जानकारी गराएका थिए । उनले नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij