Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

निसीखोलामा आएको बाढीले कानाबगरमा ठूलो क्षति, ३१ घर बगे

निसीखोलामा आएको बाढीले कानाबगरमा ठूलो क्षति, ३१ घर बगे

बागलुङ : गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ स्थित कानाबगर बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले खोला किनारका दर्जनौँ घरमा क्षति पुर्‍याउनुका साथै यस वडामा मात्रै ३१ घर बगाएको छ।

घर बाढीले बगाएपछि प्रभावित स्थानीयलाई विभिन्न विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ। बाढीको जोखिम अझै कायम रहेकाले गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा समेत कटान भएको छ। बाढीबाट हालसम्म मानवीय क्षति भने नभएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट