Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

विपद्का कारण कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ देखि काठमाडौंमा

विपद्का कारण कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ देखि काठमाडौंमा

काठमाडौं : बाढीपहिरोका कारण प्रभावित जिल्लाको अधिवेशन प्रक्रिया पूरा हुन नसकेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ ।यसअघि असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुने भएको छ ।कांग्रेसले केही जिल्लामा अधिवेशन प्रक्रिया अझै बाँकी रहेकाले केन्द्रीय महाधिवेशनको मिति सार्ने निर्णय गरेको जनाएको छ । विपद्का कारण प्रभावित जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न थप समय आवश्यक देखिएपछि मिति परिवर्तन गरिएको हो ।कांग्रेस उपसभापति पुष्पा भुसालले पनि केही जिल्लाको अधिवेशन बाँकी रहेकाले केन्द्रीय महाधिवेशन केही दिन सर्न सक्ने बताएकी थिइन् ।महाधिवेशन उद्घाटनमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई निमन्त्रणा पठाइसकेको जनाएको छ ।यता संस्थापनइतर शेरबहादुर देउवा समूहले आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट