काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित मंगलबार न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै नेपाल फर्किएका हुन् ।
उनको सचिवालयका अनुसार उनी बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुका साथै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री बालेन शाहले पनि असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए ।उनी भने असोज १० गते नै अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij