Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

गुडिरहेको बसमाथि अचानक ढुंगा खस्दा चार यात्रु घाइते

कपिलवस्तु :कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट अचानक ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् ।मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३७७० नम्बरको बसमाथि ढुंगा खसेको हो ।ढुंगा खसेपछि बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएका थिए ।घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण, दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा टोली घटनास्थल पुगेको थियो । टोलीले सिटले च्यापिएका चारै जनाको उद्धार गरेको प्रहरीले जनाएको छ ।उद्धार गरिएकामा बर्दियाका द्ववारीका प्रसाद थारु ९३७०, सुरेशलाल थारु ९३५०, चितवनकी सलिना सुनार ९२०० र कञ्चनपुरकी भगवती कँडेल ९४०० रहेका छन् ।उनीहरूलाई उपचारका लागि दाङको भालुवाङ अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार चारै जना घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट