काठमाडौँ : बाढी र पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाडीहरू बाहिरिन थालेका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि याे राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । राजमार्ग एकतर्फी खुलेसँगै अहिले बाफ-कलंकी-ढुंगेअड्डा-थानकोट क्षेत्रमा सवारी चाप बढेको छ । शुक्रवारदेखि राजमार्ग बन्द भएसँगै कलङ्की-बल्खु-सानेपा सडक खण्डमा रोकिएका ठुला मालवाहक सवारी पनि गन्तव्यतर्फ लागेका छन् ।रिंगरोड क्षेत्रमा पर्ने यस सडक खण्डको सर्भिस लेन र सव लेनमा बिहीबार रातिदेखि ठुला मालवाहक सवारी पार्क गरेर राखिएको थियो । गत हप्ता परेको पानीका कारण ठाउँ ठाउँमा राजमार्गहरू अवरुद्ध थिए । अहिले पनि प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडक स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij