Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गौरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

गौरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

रौतहट : रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ ।मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते बैठाको वीरगन्जस्थित सर्वोत्तम अस्पतालमा उपचारका क्रममा राति करिब ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि चालक फरार भएका छन् । प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट