Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हिम्लुङ हिमपहिरोमा परेका मध्ये ४ जनाको शव फेला, अझै ८ जना वेपत्ता

हिम्लुङ हिमपहिरोमा परेका मध्ये ४ जनाको शव फेला, अझै ८ जना वेपत्ता

काठमाडौँ : मनाङ हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ। यससँगै हालसम्म ४ जनाको शव फेला परेको छ।विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना यही ११ गते सकुशल फर्किका थिए। बाँकी १२ जना सम्पर्कविहीन भएका थिए।

दुई जनाको परिचय खुलेको छ। मृत्यु हुनेमा संखुवासभा भोटखोला गाउँपालिका ३ का ५२ वर्षीय छेवी भोटे र संखुवासभा भोटखोला गाउँपालिका २ का ३१ वर्षीय पासाङ भोटे रहेका छन्।

आज कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप २ जनाको शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको छ। दुवै शवको पहिचान खुल्न सकेको छैन।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij