चितवन : मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलताल (CH 24+100) क्षेत्रमा करिब ७० मिटर सडक भासिएको छ।
सडक भासिएपछि उक्त खण्डमा सवारी आवागमन हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यात्रा गर्दा अत्यन्त सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न सम्पूर्ण यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरिएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।