Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एसएसपी खड्कालाई मानव अधिकार आयोगले बोलायो

एसएसपी खड्कालाई मानव अधिकार आयोगले बोलायो

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ प्रकरणबारे सोधपुछ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बोलाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन बोलाइएको हो । जबरालाई पक्राउ गरेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगे पनि प्रहरीले करिब एक घण्टा गेटमै रोकेर फर्काएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको पोखरेलले बताए ।

आयोगको टोलीलाई अनुगमन गर्न नदिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij