काठमाडौँ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङ जिल्लामा पुगेको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा गुरुङले मनाङको भौगोलिक विकटता र बाढी–पहिरोले निम्त्याएको मानवीय तथा भौतिक सङ्कटबारे जानकारी दिए ।
सांसद गुरुङले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाले मनाङको जनजीवन अस्तव्यस्त बनाएको बताए । उनका अनुसार, मनाङको सदरमुकाम चामे क्षेत्रका आधा दर्जन बढी घरहरू बाढीले बगाएको छ। स्थानीय मर्स्याङ्दी नदीको बहावका कारण मनाङ जोड्ने मुख्य राजमार्ग र मोटरबेल पुल डुबानमा परेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij