काठमाडौं : नेपाली बजारमा सुनको मूल्य सोमबार प्रतितोला ५ हजार रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ थियो ।चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।१० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ । आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij