Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ : अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ ।नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए ।

“विपदको समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ”, उनले भने, “स्थानीय सरकारले उपलब्ध सीमित स्रोत साधन परिचालन गरी अधिकतम काम गरिरहेको छ । यति बेला प्रदेश र सङ्घ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ ।”उनका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज विहानै आ-आफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको  मर्स्याङ्दी नदीको पानीका बहाम क्रमश खुल्दै गएको बताए । त्यस क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए ।बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ । उक्त बस्ती प्रमुख जिल्ला अधिकारी खनालले भने, “ मर्स्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ ।”निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ । विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला र  मर्स्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट