Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गैँडाकोटमा शिक्षकको कुटाइबाट कक्षा ८ का विद्यार्थी घाइते, कानको जालीमा गम्भीर क्षति

गैँडाकोटमा शिक्षकको कुटाइबाट कक्षा ८ का विद्यार्थी घाइते, कानको जालीमा गम्भीर क्षति

गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटपिटबाट कक्षा ८ का एक विद्यार्थी घाइते भएका छन्। परिवारका अनुसार विद्यार्थीको बायाँ कानको जालीमा ८० प्रतिशत क्षति पुगेको छ भने दायाँ आँखामुनि पनि चोट लागेको छ।

कपाल काटेर नआएको भन्दै शिक्षक डोलराज थापाले विद्यार्थीलाई कार्यालयमा लगेर कुटपिट गरेको परिवारको भनाइ छ। घटनापछि विद्यार्थीको भरतपुर अस्पताल र नेसनल सिटी अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गरिएको छ।

विद्यालयका प्राचार्य हीरालाल अर्यालले घटना स्वीकार गर्दै संलग्न शिक्षकलाई निष्कासन गर्ने र विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालयले व्यहोर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट