Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ललितपुरमा साढे २ तले घर ढल्यो

ललितपुरमा साढे २ तले घर ढल्यो

काठमाडौँ : ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ । जमिन गलेपछि घरभन्दा तल पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।सोमबार बिहान सोवितकुमार थापाको घर ढलेको हो । जोखिम आकलन गरेर सो घरमा बस्ने परिवारलाई हिजो त्यहाँबाट सारिएको हुनाले मानवीय क्षति नभएको एसपी मिश्रले बताए ।
असोज ९ देखिको लगातार वर्षाका कारण जमिन गलेपछि घर ढलेको हो । वर्षा आइतबार साँझदेखि रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट