काठमाडौं : मनाङको हिम्लुङ हिमालमा खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको खोजी जारी छ।
आज पनि बिहानैदेखि तीन जनाको टोली हेलिकप्टरमार्फत खोजीमा जुटेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पहिरोमा परी २७ जना सम्पर्कबिहीन भएका थिए। त्यसमध्ये ११ जना सम्पर्कमा आइसकेका छन्। उनीहरु हिँडेर आफैँ फुँ गाउँ आइपुगेका हुन्। दुई जनाको शव फेला परेको छ भने १४ जना अझै पनि सम्पर्कबिहीन रहेकाले खोजीकार्य भइरहेको छ।
अहिले ती शव काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले बताए। खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकाले आज समस्या नपर्न सक्ने उनले बताए। नापाभूमि गाउँपालिका वडा नम्बर ५ को ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा हिजो हिमपहिरो खसेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij