भरतपुर : नारायणी नदीमा आएको भीषण बाढीले नदीको बीच भागमा रहेको हराभरा टापुको स्वरूप नै बदलिदिएको छ। बाढी आउनुअघि बाक्लो रुखबिरुवाले ढाकिएको देखिने टापु अहिले अधिकांश भाग कटान भएर केही रुख मात्रै बाँकी रहेको देखिन्छ।
पहिले र अहिले खिचिएका ड्रोन तस्बिरको तुलना गर्दा परिवर्तन स्पष्ट देखिन्छ। पहिलो तस्बिरमा नदीको बीचमा ठूलो भूभागसहित बाक्लो हरियाली देखिन्छ भने पछिल्लो तस्बिरमा त्यही स्थानमा पानीको विशाल बहाव देखिएको छ र टापुको अधिकांश भूभाग तथा वनस्पति बगाएको देखिन्छ।
बाढीले नदी किनारमा मात्रै होइन, नदीको बीचमा वर्षौंदेखि बनेको भू–संरचनासमेत छोटो समयमै कसरी परिवर्तन गर्न सक्छ भन्ने दृश्य यी तस्बिरले देखाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij