Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

देवघाटको विद्युतीय शवदाह गृह बाढी र नदी कटानको जोखिममा

देवघाटको विद्युतीय शवदाह गृह बाढी र नदी कटानको जोखिममा

चितवन  :  चितवनको देवघाटधामस्थित नारायणी नदी किनारमा निर्माण भइरहेको विद्युतीय शवदाह गृह बाढी र नदी कटानको उच्च जोखिममा परेको छ। निर्माण अन्तिम चरणमा पुगे पनि नारायणी नदीको बाढी भवन परिसरमा प्रवेश गरेपछि संरचना नै क्षतिग्रस्त हुने जोखिम बढेको हो।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सनद बरालका अनुसार दुई तले शवदाह गृहको जमिनमाथिको पहिलो तलासम्म बाढी पसेको छ। भवनको पश्चिमतर्फ नदीले कटान गर्न थालेपछि जोखिम थप बढेको उहाँले बताउनुभयो।

शवदाह गृह निर्माणस्थल ग्राभेलले पुरेर फराकिलो बनाइएको क्षेत्रमा रहेको छ। यसअघि साउनमा आएको बाढीले समेत कटानको जोखिम बढाएको थियो।

२०७५ माघ ३ गते मिलिनियम सिद्धगढी जेभीले शवदाह गृह निर्माणको ठेक्का पाएको थियो। पटक–पटक म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन। पछिल्लो म्यादअनुसार २०८१ पुस २९ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि बाढीले संरचना नै जोखिममा परेपछि निर्माण थप अन्योलमा परेको छ।

संघीय सरकारको बजेटबाट ११ करोड २१ लाख ८ हजार ६४१ रुपैयाँ लागतमा निर्माण भइरहेको विद्युतीय शवदाह गृहको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij